चन्द्रमासको आधारमा नेपाल पञ्चा-पत्र
जगतको सृष्टितत्व सम्बन्धी यथार्थ अवस्थाको बोध ज्योतिषबाट नै सहज रुपमा गर्न सकिने र सनातनकालदेखिनै ज्योतिष विद्याको धार अनवरत रुपमा चल्दै आएको हुँदा यथार्थमा ज्योतिष परमात्मा कै चक्षु पनि भएकोले नेपालमण्डलमा पहिले पहिले जाने बुझेका नेपालभाषा भाषी नेवाः ज्योतिर्विद ज्योतिषीहरूको घर घरमा चान्द्रमानमा आधारित आआफ्नै किसिम र तरिकाका विभिन्न हस्तलिखित नेपाल संवतका मूढे पात्रोहरू नेपाली कागजमा लेखेर तयार गर्ने गर्थे । त्यसमा कुनै सानो, कुनै ठूलो त कुनै छोटो कुनै लामो बेरेर वा लपेटेर वा पट्याएर पनि बनाउने गरेका थिए । तर, ती पात्रोहरू आआफ् नो निजी प्रयोग हेतु बनिने हुनाले कुनै तरहले पनि एक रुपता हुंदैनथ्यो । वि.सं. १९४० तिर बनारसबाट समेत सौरमानमा आधारित पात्रोहरू छपाएर प्रकाशन गर्न थालेको २० वर्ष पछि नेपालमण्डलमा अति लोकप्रिय चान्द्रमासमा आधारित
कार्तिकादि कछलाथ्वका पात्रोहरू विस्थापित गरेर सौरमानका विक्रम संवत् पात्रोहरू प्रचलनमा ल्याए । कार्तिक शुक्ल पक्ष जस्तो ऐतिहासिक एवं प्राचीनतम् महत्व बोकेको नेपाल संवत् शुरुको चलन चल्तीमा नक्षत्रमाला वा नगुमाला वा नगुमांको रुपमा रहेका हस्तलिखित नेपालसंवतीय पात्रोहरू वि.सं. १९६० तिर राणाकालीन प्रधानमन्त्री चन्द्रशम्सेरको पालामा ती पात्रोहरू अपहृत भई विक्रम संवत् लागु गरिएपछि नेपालसंवतीय पात्रोहरूमात्र होइन स्वयं नेपाल संवत् पनि व्यवहारिक रुपमा चलन चल्तीमा नआएको करीव १०४ वर्षपछि नेपालभाषा भाषीमात्र होइन सम्पूर्ण नेपालीले नै सहजतापूर्वक प्रयोग गर्न सकुन् भनी उपयुक्त ढंगले यो नेपालसंवतीय नेपाल पञ्चाङ्ग–पत्र तयार गरिएको हो ।
नेपालभाषा भाषी समाजले मनाउंदै आएका विभिन्न बार्षिक चान्द्र तिथियुक्त चाड्पर्वहरू कालान्तरमा आएर मानवीय चेतनामा आएको ह्रास र विचलनका कारण झनै विस्थापित हुंदै गइरहेको तथ्यलाई समेत मनन् गरि सो आवश्यकता परिपूर्ति हेतु यो नेपालसंवतीय नेपाल पञ्चाङ्ग–पत्रको आवश्यकता महशुस गरिएको हो । नेपाल संवत् राष्ट्रिय संवत् घोषणा पश्चात् तथा देशको वत्र्तमान लोकतान्त्रिक परिपे्रक्षमा नेपाल संवत्को अपरिहार्यता अझ बढेको महशुस भएको छ । नेपाल संवत् कुनै नयाँ संवत् नभएकोले राष्ट्रिय संवत् घोषणा भन्नुको सटृा पुनःस्थापना भनिएको भए आमजनताको राष्ट्रिय हक अर्थात् अपहृत वस्तु पुनः प्राप्त भएको जस्तो ठहरिने भई मुलुकको लागि अझ राम्रो हुने थियो तापनि अव यसको कार्यान्वयनपक्ष नै महत्वपूर्ण हुने हुँदा आमजनताले सतर्कतापूर्वक हेरिने छ । नेपाल संवत्लाई शास्त्रहरूले यस अघि नै मान्यता दिइसकेकोले
नेपाल संवत् शास्त्रसम्मत नै रहेको परिप्रेक्षमा नेपाल संवत्मा आधारित नेपाल पञ्चाङ्ग–पत्र प्रकाशन हुनु सराहनीय कार्य भएको र
करिव ६३ वर्ष अघि नै संयुक्त राष्ट्र संघको सदस्यता लिने बेलामा नेपाल संवत्, रञ्जनालिपि र नेपालीभाषा उल्लेख गरेर सदस्यता ग्रहण गरेको नेपालले जवसम्म सरकारी कार्यालय र सरकारी पत्रहरूमा नेपाल संवत्का कुरा उल्लेख गरिंदैन तवसम्म राष्ट्रिय मान्यता वा घोषणाको कुनै अर्थ रहंदैन ।
शुरुमा चान्द्रमान अनुसार पञ्चाङ्गका मूख्य ५ अंग तिथि, वार, नक्षत्र, योग र करणलाई प्रधानता दिइ यो नेपालसंवतीय नेपाल पञ्चाङ्ग–पत्र प्रकाशन गर्ने योजना रहेको भएतापनि लोकतान्त्रिक सभ्यतानुसार सर्वसम्मितिले हाल विक्रमसंवतको आधारमा प्रकाशित पात्रोहरूमा रहेको अभ्यस्ताताका कारण हाललाई सौरमानलाईसमेत प्रधानता दिई पञ्चांगको ५ अंगभित्र नपरेतापनि गतेबाट पनि कार्तिकशुक्ल प्रतिपदा कछलाथ्वदेखि कार्तिककृष्ण अमावस्यासम्मको बार्षिक पञ्चाङ्ग–पत्र तयार गरिएको हो । कुनै एक वर्गमा मात्र सीमित रहेको आधिपत्यतालाई अन्त गरि समावेशीधारणा अन्तर्गत गैर नेपालभाषा भाषीसमेतलाई समेटी नेपालभाषा भाषी भित्र रहेका विभिन्न वर्ग जनजातिहरूको समेत प्रतिनिधित्वमात्र होइन महिला पञ्चाङ्गकर्ता ज्योतिषीसमेतको संलग्नतामा तयार गरि यो नेपालसंवतीय पञ्चाङ्गग तयार गरिएको हो । पहिलेनै मान्यता पाइ सकिएको नेपाल संवत् पात्रो तिथिको आधारमा गणना हुने भएकोले नेपाल संवत् वैज्ञानिक छ र सही अर्थमा नेपाल संवत्को संरक्षण र जोगाउने काम यस नेपाल पञ्चाङ्ग–पत्रले गरेको छ । नेपाल संवत् मुलुकको मौलिक संवत् भएकोले धर्म संस्कृतिको रक्षा गर्न जनता स्वयं जागरुक हुनुपर्ने वेलामा नेपाल संवत्को आधारमा नेपाल पञ्चाङ्ग–पत्र प्रकाशन हुनु मुलुकको लागि रचनात्मक कार्यमात्र नभएर देशको लागि अमूल्य योगदान नै सावित भएको छ ।
नेपाल संवत्को पञ्चाङ्ग प्रयोगमा ल्याउँदा तिथि, मितिको विस्तृत जानकारी पाइनेछ भने यो पञ्चाङ्ग विशेष गरि तिथि प्रधान हुने भएको र सनातनकालदेखिनै हामीद्वारा गरिंदै आएको ध्यान, जप, पूजा, पाठ, धर्म संस्कृति पनि तिथिबाट नै चल्दै आएको हुनाले हाम्रा पूण्यकर्मको सिद्धि प्राप्त हुने कुरामा सन्देह रहेन र ज्योतिषशास्त्रको तथ्यगत सही आधारमा गरिने कृत्यमा सफलता अवश्यंभावी छ । मुलुकका अधिकांश बार्षिक चाड्पर्वहरू चान्द्रतिथियुक्त रहेको र धार्मिक कृत्यहरू पनि तिथिगतरुपमा नै रहेका कारण सो अनुष्ठानको पूण्यफल जोगाइछ भन्ने सकारात्मक विश्वास लिईएको छ । स्वर्णयुग अर्थात् सत्ययुगादि मानिएको कार्तिक शुक्लपक्षमा नै स्थापित् नेपाल संवत् नेपाल पञ्चाङ्ग–पत्र निर्माणको निमित्त उहिलेका हस्तलिखित नगुमां वा नक्षत्रमाला पात्रोको स्थानमा सर्वहितार्थ सौर एवं चान्द्रमान्लाई नै शिरोपर गरि करीव १०४ वर्षको अन्तरालमा नेपाल पञ्चाङ्ग–पत्र प्रकाशन गरिएका हो ।
नयाँ नेपाल निर्माण गर्ने क्रममा मुलुकमा भएको पटक पटकको जनआन्दोलन एवं कैयौं ज्ञातअज्ञात अमर शहीदहरूको जीवन अर्पण पश्चात् मुलुकले प्राप्त गरेको लोकतन्त्रलाई जीवन्त राख्ने क्रममा नेपालको आफ्नै मौलिक संवत् नेपाल संवत् अन्तर्गत नेपाल पञ्चाङ्ग–पत्रको गौरवमय प्रकाशनको शुभारम्भलाई उल्लेखनीय नै मान्नुपर्दछ ।