चीनले नेपाललाई नेपाल संवत्मा पत्राचार
नेपाल संवत् आफ्नो आरम्भकालदेखि नेपाल राज्य (तत्कालीन नेपालमण्डल) को सरकारी एवं राष्ट्रिय संवत्को रुपमा ने.सं. ८८८ (वि.सं. १८२५, इ.सन् १७६८) सालमा श्री ५ पृथ्वीनारायण शाहले काठमाडौं विजय नगरेसम्म अटूट रुपले प्रचलनमा रह्यो ।
त्यसताका हाम्रा छिमेकी देश–प्रदेशले पनि नेपालसित गरेको पत्राचारमा यसै नेपाल संवत्लाई प्रयोग गरेका थिए । त्यस्तै तत्कालीन पश्चिम नेपालका विभिन्न राज्यहरूमा पनि यो संवत् प्रचलित भइरहेको देखिन्छ ।
त्यसरी नै कूचविहारका तत्कालीन राजा प्राणनारायणले ने.सं. ७५३ (वि.सं. १६८९–९०) साल प्रयोग गरी सुवर्ण मुद्रा निकालेको पनि यहा“ स्मरणीय छ । राजा प्राणनारायणका दुई बहिनी रुपमती र अनन्तप्रियासङ्ग काठमाडौंका राजा प्रताप मल्लको विवाह भएको थियो । मुद्रामा सबभन्दा पहिले नेपाल संवत् नेपाल भएको यही
हो । यसपछि पाटनका राजा सिद्धिनरसिंह मल्ले ने.सं. ७५९ मा प्रयोग गरे ।
काठमाडौं उपत्यका जितेपछि श्री ५ पृथ्वीनारायण शाहले आफ्नो पुख्र्यौली राज्य गोर्खा र पश्चिमी भेकका तत्कालीन राज्यहरूमा प्रचलित भइरहेको एक संवत्लाई यहीं पनि चलाए । यसैबेलादेखि मात्र नेपाल
संवत् नया“ अधिराज्यको सरकारी कामकाजमा प्रयुक्त हुन छाड्यो । तर जनजीवनका अरु पक्षहरू— धार्मिक, कर्मकाण्ड, चाडपर्व, जात्रा, चिन्हा, पञ्चाङ, शिलापत्र, तामापत्र आदि अभिलेख, वंशावलीहरूमा आजसम्म यो नेपाल संवत् यथावत् चल्दै आएको छ । कतिपय नेवार साहूहरूले आ—आफ्ना वार्षिक हिसाब—किताब, बही खाताहरू अहिलेसम्म पनि नेपाल सम्वत्अनुसार नै राख्छन् ।
सरकारी कामकाजमा विक्रम संवत्को औपचारिक प्रयोग यसरी वि.सं. १८२५ (इ. १७६८) सालमा श्री ५ पृथ्वीनारायण शाहले काठमाडौं जितेदेखि अधिराज्यभर प्रचलनमा रहिआएको शक संवत्को ठाउ“मा श्री ३ महाराज चन्द्रशमशेर राणाले वि.सं. १९६० (शक १८२५, इ. १९०३, ने.सं. १०२३) सालमा त्यसबेला तिथिले (चान्द्रमासले) तलब दिने चलनअनुसार तीन—तीन वर्षमा एकचोटी मलमासको पनि तलब दिइआएकोमा सो नदिईकन सरकारी खर्च किफायत गर्न विक्रम संवत्मा सौरमासको गतेअनुसार तलब दिने चलन गरी शक संवत्को ठाउ“मा विक्रम संवत् प्रयोग गरेका थिए यसको
विवरण संक्षेपमा यस प्रकार छ ः–
श्री ५ पृथ्वीनारायण शाहले यहा“ उपत्यकामा पनि नेपाल संवत्को ठाउ“मा सरकारी कामकाजको लागि चलाएको शक संवत् श्री ५ पृथ्वीवीरविक्रमको राज्यकाल (वि.सं. १९३८–६८) मा चलिरहेकै थियो । त्यसबेला एकथरि कर्मचारीहरूलाई तलब चान्द्रमानले अर्थात् तिथिको गणनाअनुसार दिइन्थ्यो । यसरी तीन वर्षको एकचोटी तिथि गणनानुसार मलमास आउ“थ्यो, अनि सरकारले त्यस वर्ष तेह्र महिनाको तलब बा“ड्नुपर्दथ्यो । सौरमासअनुसार ३६५ दिनको एक वर्ष गरियो भने जुनसुकै वर्ष पनि बाह्र महिनाको मात्र हुन्छ, सरकारलाई तीन—तीन वर्षमा एक महिनाको तलब बढी दिनुपर्ने हु“दैन र सरकारी खर्च बच्छ भनेर एकजना कर्मचारीले पेश गरेको सुझावअनुसार तत्कालीन श्री ३ महाराजा चन्द्रशमशेर राणाले वि.सं. १९६० (शक सं. १८२५, ने.सं. १०२३) सालमा गतेसहितको सौरमास प्रथाको विक्रम संवत्लाई सरकारीस्तरमा प्रयोग गरे ।
श्री ५ पृथ्वीवीरविक्रमको स्वर्गारोहण र श्री ५ त्रिभुवनको राज्यारोहण भएदेखि सुन, चा“दी, तामा सबै प्रकारका सिक्काहरूमा विक्रम संवत् नै अङ्कित गरी शक संवत् पूरै हटाइयो । तामाका सिक्काहरूमा भने वि.सं.
१९६० सालदेखि विक्रम संवत् मात्र अङ्कित गरिए । श्री ५ पृथ्वीवीरका तामाका सिक्काहरू केही ‘गोर्षा सरकार श्री ५ भवानी, १९४८’ ‘गोर्षा सरकार श्री ५ भवानी १९५०’ अङ्कित भएका पनि पाइएका छन् । त्यस्तै विक्रम संवत्मा गतेको व्यवस्था लागू हुनुभन्दा अगाडिका शाहकालीन सिक्काहरूमा शक संवत्संगै विक्रम संवत् भएका वा विक्रम संवत् एक्लै मात्र अङ्कित भएका पनि तामाका सिक्काहरू (उदा—शक सं. १८१०, वि.सं. १९४५, १९५०, १९५१) सङ्कलनकर्ताहरूका सङ्ग्रहमा देखिन्छन् ।
– भुवनलाल प्रधान