नेपाल संवत् र शंखधर साख्वा:बार महत्वपूर्ण गतिविधिहरु

  1. शंखधर साख्वा:लाई चिनारी गराउने सिलसिलामा बिभिन्न अभिलेख, शिलालेख तथा शिलापत्रहरुको अध्ययन अनुसन्धानबाट प्राप्त प्रमाणहरुको आधारमा शंखधर साख्वा:को प्रतिचित्रलाई मध्यपुर थिमिस्थित ल्यायम्ह पुच: थिमिले सर्बप्रथम क्यालेण्डर मार्फत् प्रचार–प्रसार भएको।
  2. ने.सं. ११२० कछलाथ्व दशमी (बि सं २०५६ मंसिर २ गते) सम्माननीय प्रधानमन्त्री कृष्णप्रसाद भटराईज्यूको मन्त्रिपरिषदबाट राष्ट्रिय बिभूति घोषणा भएको।
  3. ने.सं. ११२० (बि.सं २०५६) सालमा मध्यपुर थिमि नगरपालिकाबाट  नयाँ थिमि चोकलाई शखधर चोक नामाकरण गरी प्रतिमा निर्माण गर्ने निर्णय भएको।
  4. ने.सं. ११२२ (बि सं २०५८ साल) मा शंखधर चोकमा जनस्तरबाट शंखधर साख्वा:को प्रतिमा स्थापना भएको।
  5. ने.सं. ११२२ (बि सं २०५८ सालमा) राष्ट्रिय बिभूति शंखधर साख्वा:को हुलाक टिकट प्रकाशन भएको।
  6. ने.सं. ११२२ (बि सं २०५८ सालमा) राष्ट्रिय बिभूति शंखधर साख्वा:को सिक्का प्रकाशन भएको।
  7. ने.सं. ११२५ (२०६२ सालमा) राष्ट्रिय बिभूति शंखधर साख्वा: प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको।
  8. प्रतिष्ठान स्थापना भए पश्चात् शंखधर चोकमा ग्याबियन वाल निर्माण, शंखधर साख्वा:को प्रतिमा निर्माण, शंखधर चोकमा कलात्मक बुाट्टा प्रयोग गरी गणेश तथा भिमसेन मन्दिर निर्माण, मध्यपुर थिमि प्रवेशद्वार निर्माण र शंखधर चोकमा चौतारा निर्माण कार्य सम्पन्न भएको।
  9. ने.सं. ११२७ (बि सं २०६४ अशोज ३० गते) राष्ट्रिय बिभूति शंखधर साख्वा:को बारेमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसारको लागि प्रतिष्ठान मार्फत शंखधर साख्वा: सम्बन्धि वेबसाईट www.shankhadharsakhwa.org.np को व्यवस्था भएको।
  10. ने.सं. ११२८ (बि सं २०६४ साल) को माल्यार्पणको अवसरमा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबाट आफ्नै लेटरप्याड तथा मन्त्रीहरुको लेटरप्याडमा नेपाल संवत उल्लेख गर्ने घोषणा भएको।
  11. ने.सं. ११२८ (बि सं २०६५ भाद्र १६ गते) राष्ट्रिय क्यालेण्डरमा नेपाल संवतको प्रयोगबारे अन्तरक्रिया गोष्ठी सम्पन्न भएको।
  12. ने.सं. ११२९ (बि सं २०६५ साल) मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट नेपाल संवत्लाई राष्ट्रिय संवतको रुपमा घोषणा भएको।
  13. ने.सं. ११३१ (बि सं २०६७ साल) मा मध्यपुर थिमि नगरपालिकाबाट शंखधर चोक गुरु योजना तयार भएको।
  14. ने.सं. ११३१ (२०६७ साल) देखि राष्ट्रिय बिभूति शंखधर साख्वा:को बारेमा पाठ्यक्रममा समाबेस भएको।
  15. ने.सं. ११३१ (बि सं २०६७ आश्विन १ गते) मा नेपाल संवत् र साास्कृतिक पर्व बारे पंचाय निर्णायक समिति, उपत्यकाका ज्योतिषीहरु, इतिहासबिद्हरु र संस्कृतिबिदहरुसँग राष्ट्रिय गोष्ठी सम्पन्न भएको।
  16. ने.सं. ११३२ (२०६८ भाद्र २४ गते) मा नेपाल संवत र हाम्रो संस्कृतिबारे आदीबासी जनजाती बीच अन्तरकृया गोष्ठी सम्पन्न भएको।
  17. शंखधर साख्वा:को नामबाट शंखधर चोक, शंखधर स्कूल, शंखधर सहकारी, शंखधर पार्टी प्यालेसको नामाकरण भई थप प्रचार प्रसारमा मदत पुगेको।
  18. ने.सं. ११३२ (२०६८) प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा नेपाल संवतको अध्ययन गर्न कार्यदल गठन।
  19. ने.सं. ११३२ (वि.सं. २०६८) कार्तिकमा नेपाल राष्ट्र र नेपालीको मौलिक संवतलाई नेपाल सरकारको व्यवहारिक प्रयोगमा ल्याउन महत्वपूर्ण भूमिका निर्बाह गरी आउनु भएका पदमरत्न तुलाधर, सुन्दर के मल्ल र ल्यायम्ह पुच: थिमिलाई सम्मान गरेको।
  20. ने.सं. ११३२ (वि.सं. २०६८) आश्विनमा राष्ट्रिय बिभूति शंखधर साख्वा:को बारेमा हाल सम्मको अध्ययन अनुसन्धानबाट उपलब्ध हुन आएका र पछि आउने सामग्रीहरुलाई भबिष्यका पुस्तामा जानकारीको लागि सुरक्षित गर्न ग्रहालयको स्थापना गर्ने निर्णय भएको।
  21. ने.सं. ११३३ मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा नेपाल संवतको शुभारम्भ दिनको दिन सार्वजनिक विदाको घोषणा।
  22. ने.सं. ११२५ (२०६१ साल) मा स्थापना भएको यस प्रतिष्ठानले नेपाल सरकारका बिभिन्न निकाय, गैह्र सरकारी तथा सामाजिक संघ संस्थाहरू, नगरपालिका, जिल्ला बिकास समिति तथा स्थानीय जनसहभागिता समेत जुटाई निम्न कार्यहरू सम्पन्न गरी सकेको व्यहोरा जानकारी।
    क) राष्ट्रिय बिभूति शंखधर साख्वा प्रतिष्ठानको नाउमा रु १७ लाख ५० हजार को अक्षय कोष स्थापना भएको।
    ख) उक्त अक्षय कोष रकम रु ५० लाख पुरयाउन बिभिन्न निकायहरूमा अनुदान सहयोग कार्य जारी।
  23. ने.सं. ११२२ देखि हालसम्म सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित हुनु भई राष्ट्रिय विभूति शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण गर्ने कार्य भइरहेको।


Download Our Nepal Sambat Mobile App.

Nepal Sambat Calendar is a mobile based application to help you identify and keep track of all important dates, events, and festivals that fall within Nepal Sambat year. This application has features such as daily events view, monthly calendar view, list of festivals, and date conversion between NS, BS and AD.

Image