नेपाल संबत मुक्ति संबत
परिचय
नेपाल एशियाको एक हिमाली देश जुन उत्तर चीन र दक्षिण, पश्चिम, पूर्वमा भारत रहेको भूपरिवेष्ठित राष्ट्र हो । नेपाल देशकै नामबाट चलेको विश्वको एकमात्र संबत् नेपालसंबत् हो । अरु संबत्हरू कि त धार्मिक व्यक्तिका नामबाट कि त कुनै राजामहाराजाका नामबाट चलेका देखिन्छन् जसरी ईश्वी संबत्, बौद्धसंबत्, विव्रmमसंबत् आदि । यस अर्थमा नेपाल संबत्को आफ्नै मूल्यमान्यता रहेको स्पष्ट हुन्छ । यस संबत्सँग जोडिएका लोकश्रुति र सामाजिक, व्यवहारिक प्रसङ्गत अझ
रोचक र राष्ट्रिय महत्व र श्रुति ऐतिहासिक परम्परा नै बन्न पुगेको छ । नेपाल संबत् र त्यसका प्रवर्तक शंखधर शाख्वाललाई नेपाल सरकारले समेत व्रmमशः राष्ट्र संबत् र राष्ट्रिय विभूतिका रूपमा मान्यता दिएबापत यसको उपादेयता र चित्यबारे घामझैँ छर्लङ्ग भइसकेको छ । यसमाथि शंखधर शाख्वालले नेपाल खाल्डोमा रहेका कमाराकमारी र ऋणीहरूका सब ऋण चुक्ता गरेर ऋणमुक्त गरी चलाएको नेपाल संबत् कति युगान्तकारी संबत् रहेछ भन्ने कुरा अब लुक्न सक्दैन । आजभन्दा ११३८ वर्षअघि शंखधर शाख्वाले ऋण तिरेर दासदासी, कमाराकमारी मुक्त गर्दा अमेरिका भन्ने देश नै थिएन, अब्राहम लिंकनले दासप्रथा मुक्त गरेको त अझै पछिकै इतिहास रह्यो । नेपाल संबत् ः मुक्ति संबत्का रूपमा विश्वसामु राख्न पछि पर्नु हुन्न । यो नेपाल संबत् आजसम्म पनि नेवार समुदायले उति नै भव्य र आस्थाका साथ मनाउँदै आएका छन् यद्यपि यो संबत् तत्कालिन समयमा राष्ट्रिय संबत् थियो । यस संबत्, प्रशासनिक भाषाका रूपमा चलेको नेपालभाषा र मुक्तिको संवाहकको संबत्बारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
विवेचना
‘नेपाल संबत् – राष्ट्रिय संबत्’ यही आवाज बोकेर म्हपूजा (गोवर्धन) का दिन नेवार समुदाय एकापसमा शुभकामना आदानप्रदान गर्दछन् । सहअस्तित्व, सहभावना र भातृत्वप्रेमको सद्भाव बाँडेर नेवार हुनुको सगर्व अनुभूति गर्दछन् । हो,
त्यो दिन नेवार समुदायको महान् दिन, नेपाल संबत्को सुरुवाती दिन । नेपाल संबत्को म्हपूजा गर्ने दिन अर्थात चन्द्रमासको तिथिअनुसार कार्तिक (कउलागा) शुक्ल पक्ष प्रतिपदाका दिन नयाँ सूर्य उडाएको हेरेर मनाउने परम्परा चल्दै आएको छ । नेपाल संबत् सुरु भएको दिनमा नै आफ्नो आत्मालाई सुद्ध गरेर मनाउने म्हपूजा पनि यही दिनमा पर्ने भएकाले यो दिन नेवार समुदायका निमित्त सुनमा सुगन्ध झैँ बन्न पुगेको हुँदा उनीहरूमा त्यो जोश, जाँगर रहनु स्वाभाविक हो । यसरी विगत ११३८ वर्षअघिदेखि मनाउँदै आएको यो नेपाल संबत्ले म्हपूजाको दिनदेखि ११३९ मा प्रवेश गर्दैछ । यति लामो इतिहासलाई जीवन्त पार्दै नेवार समुदायले यसलाई सुरक्षित अवतरण गर्दै आएको यथार्थ आफैमा एउटा गौरवको कथा हुनुपुगेको छ ।
लामो इतिहास भएको यो नेवार समुदायका मान्छेहरूका मुखाकृति विभिन्न सम्प्रदायसँग मिल्ने गरेका छन् । राम्रोसँग नियाल्ने हो भने नेवार समुदायभित्र कसैका अनुहार किँरातका जस्तै, कसैका दक्षिण भारतीयका जस्तै त कसैको मुसनमान अनुहार देखिन्छ । एक समुदायभित्र अनेक यस्ता अनुहारहरू तव मात्र सम्भव हुन्छ जब एकतामा अनेकता भेटिन्छ । यस प्रश्नको उत्तर खोज्न नेपालको केही ऐतिहासिक प्रसङ्ग कोट्याउनुपर्ने हुन्छ । नेपालमण्डलमा सुरुमा गाई चराउने गोपालवंशले शासन गरेपछि भैसी पाल्ने महिषपालहरूले शासन गरे । वास्तवमा यी गोपाल वंश र महिषपालहरू यस क्षेत्रका आदिवासीहरू हुन् । सम्भवत हालका किसानहरू, कथाकथित अछुट भनिएका जातिहरू नै वास्तवमा आदिवासीहरू हुन सक्ने अनुमान गरिएको छ । पछि दक्षिणी भारतका तर्फबाट ठकुरी÷ लिच्छवीहरूले शासन हातमा लिए । लिच्छवीपछि ने.सं. ४४४ तिर हरिहरदेव मल्लका सन्तानहरूले नेपालमण्डलमा आफ्नो अधिपत्य जमाउन पुगे । ने.सं. ८८८ सम्म झण्डै ४५० वर्ष मल्लहरूले शासन गरेपछि पृथ्वीनारायण शाहले उपत्यका जितेपश्चात आजको नेपालसम्म आइपुगेका छ । प्रश्न यहीनेर छ, आखिर नेवार को हुन् त ? भारतमा २०० वर्ष अङ्ग्रेजले शासन गरेर फर्कदा आफ्नो चिनो चर्च र त्यससम्बन्धी संस्कार छाडेर गए भने अकुत सम्पती कुम्ल्याएर फर्के । तर नेपालमा शासन गर्ने शासकहरू सबैले यहाँको धर्म, संस्कृति, परम्परालाई तोडेनन् बल्कि त्यसैमा आफूलाई समाहित गरेर त्यसलाई झन् संस्कारित, परिमार्जित बनाउँदै निरन्तरता दिने काम गरे । लिच्छवी र मल्ल राजाहरूसँगै आएका भारभारदारहरूसमेत यहीका माटोमा रमाएर बसे, देशमा चलिआएको नेपालभाषालाई राजकीय सम्मान दिँदै नेपाल संबत्लाई राष्ट्रिय संबत्का रुपमा प्रचलनमा ल्याएका थिए । यसरी नेपालमण्डलमा विभिन्न जातजातिहरू आएर नेवार भएर बस्न थालेका थिए । जसले गर्दा नेवार जातभित्र एकतामा अनेकता सजिन थालियो । लिच्छवीकालमा नेपालको क्षेत्रफल भारतको मगरातसम्म पुगेको प्रमाण भेटिन्छ भने मल्लकालमा आएर त्यो क्षेत्रफल साँगुरिएर पूर्वमा तामाकोशी, पश्चिममा गण्डकी किनार, उत्तरमा भोटको केरुङ र दक्षिणमा महाभारत लेकमा समेटिएको इतिहासबाट थाहा लाग्छ । तत्कालिन नेपालका जनतालाई नेवार भनिन्थ्यो, जसरी आज सम्पूर्ण जनताको परिचय सर्वप्रथम नेपाली हो । यसरी हेर्दा नेवार भनेर आज जुन समुदायलाई सङ्केत गरिन्छ वास्तवमा उनीहरूमा मात्र नेवार होइनन् । यसमाथि आफू मात्र तत्कालिन नेवार हौँ भन्ने केही संकुचित विचारका मान्छेहरूका विचारले गर्दा नेवारहरू झन् झन् साँघुरिँदै, पाटलिँदै गएको देखिन्छ । त्यस्ता बिचारले गर्दा इतिहास अर्कै बन्न जाने खतरा रहन्छ साथै त्यसरी लेख्दा मान्छेले आफ्नो विद्वताको लङ्गौटी खुस्किनेतर्फ ध्यान किन नगएको होला । आफ्नै सम्रदायको मात्र चश्मा राखेर इतिहासका घटनालाई ‘यो कुरा यस्तो हो’ भनी प्रस्तुत गर्नु नाजायज नहोला भन्न सकिन्न ।
जे होस्, एकतामा अनेकता जोडिएर नेवार समुदायको सिर्जना भएको देखिन्छ । यी नेवार समुदायले आफ्नो धरोधरका रुपमा बोक्दै आएको नेपाल संबत्का प्रवर्तक को हुन् ? यसतर्फ कोट्याउनु उपर्युक्त देखिन्छ । संबत् भन्नाले समयलाई चिनाउने गणना हो । समयलाई बुझाउन विश्वमा विभिन्न संबत् चलाएको पाइन्छ – ईश्वी संबत्, शक् संबत्, विक्रम संबत्, नेपाल संबत्, लिच्छवी संबत्, मानदेव संबत् इत्यादि । नयाँ संबत् चार तरिकाले चल्ने गरेको पाइन्छ ।
(क) कुनै विशिष्ट व्यक्तिको जन्म वा मृत्युको दिनदेखि त्यसैदिनलाई आधार बनाएर चलाएको ।
(ख) गरीब जनताले साहु–महाजनसँग लिएको सम्पूर्ण ऋण तिरी राज्य भित्र अब कसैको ऋण खाएको छैन भन्ने घोषणा गरिएको दिनलाई आधार बनाएर चलाएको ।
(ग) एउटा युग सिद्धिएर अर्को युग सुरु भएको आधार बनाएर चलाएको ।
(घ) राज्यमा एउटा शासक हटेर अर्को शासक वंश स्थापना भएको आधार बनाएर ।
इश्वी संवत् (क) सँग आवद्ध, शक संवत् (ग) सँग आवद्ध, नेपाल संबत् (ख) सँग आवद्ध देखिन्छ भने लिच्छवी संबत, मानदेव संबत्, विक्रम संबत (घ) सँग सम्बन्धित भई चलेका संबत् हुन् । नेपाल संबत् स्थापना हुनुमा कुतूहलपूर्ण र उद्धार भावनाले भरिएको प्रसङ्ग जोडिएको छ – शंखधर साख्वाः को । शंखघर साख्वाः नेपाल संबत्का प्रवर्तक हुन् भन्ने प्रायः इतिहासविद् हरूको मत रहेको पाइन्छ । जुन मत यस प्रकार छ –
यो लोकश्रुति कथा हो । भक्तपुरका राजा आनन्ददेव र उनका तान्त्रिक सिद्धिवन्त मिलेर वालुवालाई सुनमा परिणत गर्ने समययोग मिलाएर होम ग¥यो । तन्त्रको विधिअनुसार ५, ६ जना कामदार किसानहरूलाई खर्पन दिएर पूर्णीमाको ठीक मध्य रातमा लिनका लागि काठमाडौँको भद्रकाली र विष्णुमती दोभानको वालुका लिन पठाए । राजाले भनेबमोजिम ठीक आधा रातमा वालुवा भरेर ती किसानहरू भक्तपुरतर्फ फर्किए । त्यहीबाट हुँदै आइरहेका चतुर शंखघर साख्वाःले उनीहरूलाई सोधपुछ गर्दा राजाले वालुवा लिन पठाएको भनी थाहापाएर यसमा केही रहस्य हुनै पर्छ आफ्नो चतु¥याइ देखाए । शंखधरले आफूलाई पनि वालुवा आवश्यकता भइरहेको र त्यो वालुवा उसको घरमा पु¥याई दिएमा दोब्वर ज्याला र नास्ता पनि गराउने प्रस्ताव किसानहरू सम्मुख राखे । के प्रयोजनको लागि वालुवा लिन पठाएको हो अनभिज्ञ ती किसानहरूले आपूmले बोकिल्याएको वालुवा शंखघरको घरमा खन्याएर पुनः दोभानमा पुगी
नयाँ वालुवा लिएर भक्तपुरको राजा आनन्ददेव कहाँ बुझाइ दिए । चारदिनसम्म तन्त्र विधा गर्दा पनि वालुवा सुन नबनेको देख्दा विरक्तिएका आनन्ददेव रन्थनिँदै होम गर्दैरहेका सिद्धिवन्त कहाँ पुगे । सिद्धिवन्तलाई रिसाउँदै सो कुरा भनेर
‘सिद्धिप्राप्त नहुने ग्रन्थ के काम बाली देउ’ भनेर राजा रिसाउँदै फर्किए । सिद्धिवन्त राजाको कुरा सुनेर ठूलो सोचमा प¥यो । सुन त हुनै नै पर्ने, तर राजाले हेरेर आए पछि के अविश्वास गर्नु ! ऊ विखलवन्दमा प¥यो । आफ्नो ठूलो
विश्वास र आजसम्म त्यही आस्थामा बाँचेका उनलाई ती तान्त्रीक सब झुठा लागेर एकएक गर्दै ग्रन्थहरू होममा बाल्न थाले । यता वालुवाको रास देखेर निरास बनेका राजा आनन्ददेव तब झस्किए जब खर्पनका छेउछाउमा पहेला
सुनका कणहरू टल्किरकेको देखे । उनी हत्तनपत्त सिद्धिवन्तलाई सो खबर दिन दौडिए तर दुर्भाग्य सिद्धिवन्तले सबै तान्त्रीक ग्रन्थहरू होममा होमी सकेका थिए । तिनीहरू दुवै न्याउरी मारी पछुताये झैँ बन्न पुगे । चतुर शंखधर साख्वाःले
राजाले लिनपठाएको वालुवामा केही रहस्य रहेको अनुमान गरेर छिडीमा सुरक्षित साथ राखेका थिए । शंखधरको सोच सत्य हुनपुग्यो, सबै वालुवा सुनै सुनमा परिणत भएका थियो । अब झस्किने पालो शंखधरको, सुनको डंगुर देखेर उनी
अत्तालिए । उसको कैयौँ रातको निन्द्रा हरायो । शंखधरले गरोस् के त्यतिका सुन, फेरि त्यो धार्मिक युगमा ! सो कुरा मनमा राख्नै नसकेर शंखधरले सबै वृतान्त ललितपुरका राजा राघवदेवलाई जाहेर ग¥यो । राघवदेवले सो सुन भक्तपुरको
नासोको भएकाले त्यसको खबर भक्तपुरका राजालाई दिए । सो कुरा सुनेर भक्तपुरका राजा आनन्ददेवले आफ्नो राज्यको भाग्यमै नभएकाले आफूहरूले सो धन नपाएको भन्दै लिन अस्वीकार ग¥यो । धार्मिक युगको समय, घटनाले
सो कुरा देखियो । यसपछि शंखधर साख्वाःको इच्छा बमोजिम तत्कालिन नेपाल खाल्डोमा रहेका ऋणीहरूको सबै ऋण तिरेर ऋणी विहिन राज्य बनाउने प्रस्तावअनुसार काम सम्पन्न गरियो ।
त्यस्तो ऐतिहासिक घटना, ऐतिहासिक व्यक्ति शंखधर साख्वाःको सम्मानमा ललितपुर र भक्तपुर राजाले मिलेर नय साख्वाः संवत् सुरु गरे । जुन पछि नेपाल संबत्का नाममा प्रसिद्ध हुनपुग्यो जुन ८८८ वर्षसम्म निरन्तर सरकारी कामकाजको संबत् रह्यो र आज नेपाल संबत् ११३९ को लागिसकेको छ ।
नेपाल सरकारले यस ने.सं. लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गरिसकेको अवस्थामा यो देशको नामबाट राखिएको संवत्को महत्व अझ बढ्न पुगेको छ, साधुवाद दिनैपर्छ वर्तमान सरकारलाई । तन्त्रमन्त्रमा आजकल आस्था उति साह्रो नभएकाले बालुवा सुन हुन नसक्ने तर्क विद्वानहरूले राख्न थालेका छन् । डा. जगदीशचन्द्र रेग्मीले वालुवा सुन मिसिने भेटिने तर्क राख्दै रणवहादुर शाहका पालामा सुनकोशी, तामाकोशीका नदीको वालुवाबाट सुन निकालेको इतिहास रहेको प्रसङ्ग पस्कनुभएको छ । त्यहाँबाट प्राप्त सुनबाट नपुगेको मात्र भोट र हिन्दुस्थानबाट झिकाएर टक छापेको प्रमाण दिनुभएको छ । अद्यावधि यो वालुवाबाट सुन निकाल्ने प्रचलन अहिले पनि छँदैछ । तत्कालीन उपत्यका सानो रहेको हुँदा ऋणमोचन गरिएको सम्भव पनि हुन सक्ने भनेर सम्भाव्यता पोखेका छन् । यो तर्क मनन् गर्न योग्य र विश्वासिलो छ ।
संबत्को कुरा गर्दा नेपाल संबत् सुरु हुँदा विक्रम संवत् ९३७, इश्वी संबत् ८८० र शक् संबत् ८०२ लागेको थियो । ने. सं. ५२४ मा ललितपुर सुनधारामा धर्म मल्लको शिलालेखमा श्रीकलिगत संबत् ४५०५, श्री विक्रमराज संबत् १४६७, श्रीशंकराज संबत् १३२६, श्रीमन्त नेपालिक संबत ५२४ भनी लेखिएको पाइन्छ । यस कुराले पनि यस तथ्यलाई प्रमाणि गर्दछ । नेपालमा मानदेव संवत् निकै प्रचलित र ऐतिहासिक संबत् रहेको देखिन्छ । ऐतिहासिक रुपमा चाँगुनारायण लगायत धेरै ठाउँमा मानदेव संबत्का शिलालेख ठडिरहेकै छन् । हुन त यो मानदेव संबत् ३०१ सम्म मात्र चलेको भेटिन्छ भने नेपाल संबत् हालसम्म पनि अनवरत रुपमा चल्दै ११३८ सम्म पुगेको छ । नेपाल संबत् लाई तत्कालिन मल्ल राजाहरूले खुसीखुसीले राजकीय सम्मान दिएर चलाएर गए । यसको ऐतिहासिक महत्वलाई ओझेल पारेर शासककीय उन्मादमा रहेका पृथ्वीनारायण शाहले सो कुरा पचाउन सकेनन् र भारतले फ्याकिसकेको विक्रम संबत् उनले वि.सं. १८२७ तिर नेपालमा सञ्चालनमा ल्याउने कोशिस गरे । पछि कालान्तरमा विक्रम संवतले स्थायीत्व पाउन सकेन र शक् संवत, नेपाल संबत् नै प्रयोगमा ल्याएको देखिन्छ । पृथ्वीनारायण शाहको उन्मात्त चन्द्रशमशेरमा देखियो र उनले शक् संबत्लाई छाडेर उही फ्याकिएको विक्रम संबत् सञ्चालनमा ल्याए । यसरी नेपालमा संबत् चलाउने विवाद चलि आएको देखिन्छ । तर नेपाल संबत् मल्लकालमा राजकीय भाषारहेको, राणा कालसम्ममा समेत व्यवहारिक कागजपत्र तमसुक, लालपुर्जा लेख्दै आएको यथेष्ट प्रमाण पाइन्छ । नेपालको इतिहासमा नेपाल संबत् कति ब्यवहारिक र प्रशासनिक रूपमा प्रयोग भएको रहेछ भनी केही उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक रहला ः
(१) हालसम्ममा भेटिएको नेपाल संबत्को अभिलेख लिच्छवी उत्तर काल ने. सं. ८ को ललितपुर मंगलबजार जलद्रोणीमा रहेको छ, जसमा ‘नेपाल संबत् ८’ उल्लेख छ ।
(२) ने.सं. १४५ मा ‘सपूट टीकाय.’ नामको ग्रन्थ लेखिएको हो ।
(३) ने.सं. ३४४ मा राजा अभय मल्लदेवले पशुपतिनाथलाई महास्नान गराउने चलन चलाए ।
(४) ने.सं. ४४४ मा राजा हरिसिंहदेवले नेपालमा तलेजु भवानी भित्र्याए ।
(५) ने.सं. ५११ मा राजा कीर्ति मल्लले गरेको भूजिंमोल लिपिको स्वर्णपत्र अभिलेख राख्न लगाए ।
(६) महाचीनका मिङ्वंशी सम्रात तायेमिङ्ले वनेपाका शासक शक्तिराज सिंहलाई संस्कृत भाषा, रञ्जना लिपिमा लेखेर पठाएको परवानापत्रमा ने.सं. ५३५ असार शुक्ल दशमी भनी उल्लेख गरिएको छ ।
(७) ने.सं. ५४९ मा राजा जयस्थिति मल्लले नगद रूपियाँमा दण्डजरिवाना गराउने चलन चलाए ।
(८) यक्ष मल्लले राज्य विस्तारक्रममा नेपाल संबत् ५७४ लेखिएको भेटिन्छ ।
(९) दोलखा भी.न.पा. वडा नं ४ स्थित नसुको ढुंगेधारामाथि अवस्थित नारायण भगवान्को मूर्तिमा कुँदिएको अभिलेखमा नेपाल संबत् ५८० ने.सं. ११३९ घढ लेखिएको छ ।
(१०) इन्द्रजात्राको बेलामा प्रदर्शन गरिने मूर्तिमा नेपाल संबत् ५८० लेखिएको पाइन्छ ।
(११) ने.सं. ६६० मा राजा महेन्द्र मल्लले काठमाडौँमा भीमसेन मन्दिर निर्माण गरी मूर्तिसमेत स्थापना गराए । पुनः ने.सं. ६८३ मा द्रौपदी र घुसीआजु अजिमाको मूर्ति पनि स्थापना गरी त्यस स्थानलाई भीमसेनस्थान नामाकरण गरियो ।
(१२) ने.सं. ६८६ मा कान्तिपुरका राजा महेन्द्र मल्लले सर्वप्रथम चाँदीको मोहर दाम चलाए ।
(१३) भारतको पश्चिम बंगालको कुचविहारका राजा प्राणनारायणले ने.सं. ७३५ अंकित गरी सुनको मुद्रा निष्काशन ।
(१४) ने.सं. ७८७ मा राजा श्री निवास मल्लले स्वर्णपत्रमा ‘अस्तपर नेपाल भाषामा लिखिष्यते’ भनी नेपाल देको तात्कालीन भाषाअक्षर लेख्न लगाए ।
(१५) ने.सं. ७६० सालमा हनुमान ढोकापरिसरमा कालभैरवको मूर्ति स्थापना ग¥यो ।
(१६) ने.सं. ७८५–७९० सम्म ५ वर्ष लगाएर रानीपोखरी निर्माण गरियो ।
(१७) ने.सं. ७९० मा हनुमान ढोकाको ढुङ्गेस्तम्भमा प्रतापमल्ल राजाले आफ्नो सम्पूर्ण राजपरिवारको सुवर्णप्रतिमा राख्न लगाए । सोही वर्षमा रानीपोखरीको दक्षिणतर्फ राजा प्रतापमल्लले छोराहरू महीपतीन्द्र र चक्रवर्तीन्द्रको हाती चढेको सालिक राख्न लगाए ।
(१८) मध्यकालमा पूर्वको उदयपुर र पश्चिम मगरातमा समेत नेपाल संबत् लेखिएका अभिलेखहरू फेला परेको इतिहासविद् धनवज्र बजाचार्यले दावी गरेका थिए ।
(१९) ने.सं. ८१८ मा देशमा व्याप्त लुटपाट, चोरी, हत्या, बलात्कारजस्ता घटनालाई हटाउन ललितपुर, भक्तपुर र कान्तिपुरका राजाहरू क्रमशः योगनरेन्द्र मल्ल, भूपतीन्द्र र भूपालेन्द्र मल्लले त्रिराज अधिवेशन गरी राजासभामा शान्ति प्रस्ताव पेश गरेका थिए ।
(२०) भक्तपुरको जेला टोलमा भूपतीन्द्र मल्ल÷ हाकु भारो उल्लेखित ‘नेपाल भाखा शांख्वा संबत् ८२७ लेखिएको शिलालेख प्राप्त ।
(२१) ने.सं. ८९५ सिंहप्रसापको पालामा ल्हासाका ग्याल्छा परिबोछे लामासँग नेपाल–तिब्बत सन्धि गर्दा नेपालभाषा र नेपाल संबत्को प्रयोग गरिएको थियो ।
(२२) ने.स. ९८२ लेखिएको सम्पूर्ण नेपाल संवत्सरको किताब क्याम्बिज विश्वविद्यालयको पुस्तकालयमा राखिएको छ ।
(२३) ने.सं. १०६३ सालको तिहारको उपलक्ष्यमा नेपालमा सर्वप्रथम धलौट (जर्मन सिल्भर) को ५ पैसे ढ्याक प्रचलनमा ल्याइयो ।
(२४) ने.सं. १०६३ सालको शिवरात्रिको उपलक्ष्यमा नेपालमा सर्वप्रथम पित्तलको २ पैसे ढ्याक प्रचलनमा ल्याइयो ।
यसरी माथिका तथ्यहरूलाई मनन् गर्दा नेपालभाषा र नेपाल संबत्ले सरकारी मान्यता पाएको तथ्य प्रस्तुत गर्छ भने नेपाल संबत् अन्तर्राष्ट्रिय तवरमा पनि मान्यता प्राप्त भइसकेको प्रमाण माथि उल्लेखित ६, १३, १८, २१, २२ नं का भिलेखहरूले पुष्टि गरिरहेको छ । यति व्यापक र तथ्यगत व्यवहारिक नेपाल संबत् झण्डै ८८८ वर्ष अनवरत सरकारी स्तरबाट चलेको चानचुने कुरा होइन । यो संबत्लाई जनले आफ्ना व्यवहारमा प्रयोग गर्दै आइरहेका छन् । विवाह, ब्रतवन्ध, जन्मदिन, श्राद्ध, साइत हेर्ने जस्ता यावत कर्मकाण्ड गर्ने काम यही चन्द्रमान गतिको तिथिअनुसार गरिने चलन अद्यावधि छँदैछ । यस्तो व्यवहारिक र अन्तर्राष्ट्रिय बनिसकेको संबत्को इतिहासलाई निमित्यान पार्ने काम वि.सं. १९६० न्द्रशमशेरले अन्तर्राष्ट्रिय स्तरमै रछ्यानमा फ्याकिएको विक्रम संबत्लाई भित्र्याएर गरे । माथिका सबै प्रमाणहरूलाई मनन् गर्दा नेपालमा सबैभन्दा बढी प्रचलनमा आएको संबत् नेपाल संबत् नै थहरिन्छ । पैचो लिएर चलाएको संबत् भन्दा एक आम नागरिक शंखधर साख्वाःमार्फत भएर नेपाल देशकै नामबाट चलाएको नेपाल संबत्लाई किन अङ्गिकार गर्न सकिरहेका छैनौं ?
माथिका यथेष्ठ प्रमाणका आधारमा तत्कालिन नेपाल सरकारले वि.सं. २०५६ मंसिर २ गते (ने.सं. ११२० कउलाथ्व १०) नेपाल संबत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिका रुपमा सम्मानीत समेत गरिसकेको छ । साधनलाई मानिसकेपछि साध्यलाई अपनाउन किन गाह्रो भइरहेछ भनिन्थ्यो तर वर्तमान माओवादीले नेतृत्व गरेको सरकारले ने. सं. ११२८ (२०६५) देशको नाममा रहेको नेपाल संवतलाई राष्ट्रिय संवत्को घोषणा गरेर ठूलो गुन लगाएका छन्, साधुवाद छ वर्तमान सरकारलाई । एक सर्वसाधारण जनता र राष्ट्रको नामसँग जोडिएको संबत्लाई अपनाउन त्यति गाह्रो हुनुनपर्ने हो किनकि देश गणतन्त्रमय भइसकेको छ र सामन्तीका नाइके राजतन्त्र केवल इतिहासमा मात्र अंकित बन्न पुगेको छ ।
यस संवत्को अर्को विशेषता पनि छ, दासमुक्ति मोचन । ने.सं. ११३८ वर्षअघि उपत्यका खाल्डोमा ऋणी भएर दासदासी जीवन बाँच्न बाध्य पारिएका मान्छेहरूका ऋणमोचन गरेका महानात्मा शंखधर साख्वाः के कम विशाल हृदयका थिए त ? चन्द्रशमशेरले दासमुक्त घोषणा गरे तापनि उनले दरवारभित्र प्रत्येक भरेङमा दासदासी राख्न छाडेनन् । अमेरिकामा १५० वर्षअघि मात्र राष्ट्रपति अब्राहम लिंकनले देशमा दासदासी प्रथा हटाएका थिए । जसको डंका संसारभरि पिट्दै हाय् हाय् गरिन्छ भने सोचाँैं ११३८ वर्षअघिको दासदासी मुक्त गर्ने सो कदम, त्यसैले यति इतिहास बोकेको नेपाल संबत्लाई ‘मुक्ति संबत्’ किन नमान्ने ? दासदासी प्रथा आजको दिनमा त बाँकि छ भने पहिले नहुने त कुरै भएन । यसका केही उदाहरण हेरौँ –
(क) उत्तर प्राचीनकालीन नेपालमा दासदासीहरूको अस्तित्व रहेको कुरा संबत् ८१ (२) को अनन्तलिङ्गेश्वरको अभिलेखमा स्पष्ट उल्लेख गरिएको छ ।
(ख) ई. छैठौ शताब्दीको चावहिलको अभिलेखमा एकजना बौद्ध भिक्षुणीले “दुद्र्धरैन्द्रियैः कृत्स्ना बाह्यते यैरिम्प्रजादासवत्तानिसन्धार्यकृपयापरिपीडयत ा’ भनी उल्लेख गरेका छन् ।
निष्कर्ष
यस्ता अभिलेख सो दासदासी प्रथाको प्रमाण दिन्छ । दासदासी प्रथाको हेर्न टाढा जानुपर्दैन, पछिल्लो घटना चन्द्रशमशेरको कदमलाई हेरे पुग्छ । यसरी नेपालमा मात्र होइन विश्वमै सबैभन्दा पहिले दासप्रथा हटाउने (मोचन गर्ने) पहिलो महान्आत्मा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः नै हुन् भनी ठोकुवा गर्न सकिन्छ । फेरि देशले कोल्टो फेरिसकेको गणतन्त्रमय पहिलो संविधान प्राप्त नेपालमा नेपाल संबतलाई व्यवहारमा कसरी सकिन्छ प्रयोगमा ल्याउनुपर्छ सोच्नुपर्ने समय आएको छ यो हाम्रो हो; राम्रो हो । यो समयको माग पनि हो । नेपाल संबत् राष्ट्र संबत् हो । अझ यसलाई ‘मुक्ति संबत्’ का रूपमा राष्ट्रले मनाउनुपर्दछ र इतिहासलाई विश्वसामु उठाइ दिनुपर्छ । यति अपनत्व र व्यवहारिक नेपाल संबत् अपनाउनु भनेको हाम्रा पूर्खाको धरोहर बचाउनु र सहिदहरूका लागि ठूलो श्रद्धाञ्जली बन्न सक्छ । एकपटक बिना पूर्वाग्रही शान्त भएर सारा नेपालीले यस बिषयमा सोचौँ । यस्तो महान् अवशरमा मन उत्साहित हुँदै अपनत्वलाई हृदयंगम गर्दै यसो भन्न मन लाग्छ– “नेपाल संबत्
– मुक्ति संबत्” ।
स्रोत सामग्री ः
१) अविनाश शर्मा÷ २०६२ कार्तिक ९ आइतवार, गोरखापत्र ।
२) सुगत सिन्दुराकार÷२०५५ कार्तिक ४ बुधवार (समाचार पत्र)।
३) हिरण्यलाल श्रेष्ठ÷२०५८ कार्तिक ३० गते विहिवार (समाचार पत्र)।
४) प्रदीपमान श्रेष्ठ÷२०५८ कार्तिक ३० (समाचारपत्र)।
५) तिलक प्रकाश÷ नेपाल संवत् व्यवहारमा (सन्ध्याटाईम्स २०६३ कार्तिक ५) ।
६) हरिराम जोशी÷२०५७ कार्तिक १२ गते शनिवार (समाचार पत्र)।
७) डा. जगदीशचन्द्र रेग्मी÷समाचार पत्र
८) प्रकाशमान सक्व÷२०६० कार्तिक ९ गते (समाचार पत्र)
९) विभिन्न पुस्तकहरू ।
(लेखक बनेपाली क्याम्पसमा प्राध्यापन हुनुहुन्छ)