नेपाल संवत् सांगठनिक आन्दोलनमा पद्मरत्न
‘मेरो जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो । आजसम्म म यही न्याय र सत्यताका लागि गरिरहेको युद्धमा ब्यस्त छु।’
नेपालको राजनीतिक, सामाजिक सांस्कृतिक, मानवाधिकार, आदिवासी जनजाति, नेपालभाषा, नेपाल संवत र नेवार आन्दोलनका एक ‘रत्न’ पद्मरत्न तुलाधरले लेख्नुभएको आफ्नो पुस्तकमा यस वाक्य कोर्नु भएको थियो । ‘रत्न’ को अर्थ हिरा, मोती, मुगा, नीर, मणि, सुन, चा“दी आदि । यस्तो ‘रत्न’ को खानी भनेको कम मात्र हुने गर्दछ । नेपालका यस्ता ‘रत्न’– पद्मरत्नको उक्त पुस्तकमा लेख्नुभएको अधिकांश अभिब्यक्त दर्शनशास्त्रलाई वैज्ञानिकरुपले विश्लेषण गर्ने हो भने सायद संसारका एक ‘रत्न’ को रुपमा उहा“ पर्नुहुने छ । नेपालभाषाबाट लेख्नु भएकोले होला सो कृति त्यति चर्चामा आउन सकेन । यदि अंगे्रजी भाषामा अनुवाद गरी सो कृति संसारका पाठक सामु पु¥याउन सके पद्मरत्न ‘संसारका रत्न’को रुपमा स्थापित हुने विश्वास गर्न सकिन्छ । यद्यपि पद्मरत्न अधिकारमुखि आन्दोलनबाट संसारका अधिकांश राष्ट्रमा प्रख्यात नै छन् । तर उहा“को अधिकांश लेख, पुस्तक अभिब्यक्त, मौनता, रोदन, संघर्षको नेतृत्व आदिका पाइलाहरूलाई बिज्ञहरूबाट स्वतन्त्ररुपमा विश्लेषण गर्नुभयो भने यथार्थमा सार रुपमा ‘संसारका मानवको जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा नै हो ।”
पद्मरत्न तलाधरले आफ्नो कृतिमा कोर्नु भएको अभिब्यक्त उहा“को ६० वर्षभन्दा बढी अधिकारमुखि आन्दोलनको अनुभव हो । उहा“ले गर्नुभएको आन्दोलन मध्ये एउटा आन्दोलन– नेपाल संवत आन्दोलन पनि हो । नेपालमा राणा शासन विरुद्ध भएको भाषिक आन्दोलन आजसम्म पनि जारी नै छन् । नेपालभाषालाई राणाकालमा ब्यापक दमन ग¥यो भने पञ्चायतकाल पनि त्यसले निरन्ता पायो । जुन दमनको विरोधमा आजसम्म पनि नेवार समुदायले आन्दोलन जारी नै राखेका छन् । त्यसताका पञ्यायती सरकारले नेपालभाषाको आन्दोलनलाई ब्यापक दमन गरेको थियो । नेपालभाषाको अधिकारमुखि आन्दोलनलाई ब्यापक दमन भएपछि आन्दोलनलाई ब्यापक बनाउन पद्मरत्नलगायत नेवार नेताहरूले नेपाल संवतको नया“ वर्षमा शुभकामना (भिन्तुना)को माध्यमबाट नेपाल संवत ११०० मा आन्दोलनको उद्घोष गर्नुभएको थियो । पञ्चायतकालमा राजनीतिक दलहरू प्रतिबन्ध भएको कारण सांगठनिकरुपमा भेला, सभा, सम्मेलन आदि अधिकारको आवाज उठाउन संभव थिएन । त्यस्तो दमन बाबजुद पद्मरत्न तुलाधर र उनका शिक्षक भाषासेवी प्रेमबहादुृर कंसाकारलगायत नेताहरूले ‘भिन्तुना’ आन्दोलन शुरुवात गर्नुभयो ।
आजभन्दा ११३८ वर्ष अगाडी शंखधर साख्वाःले नेपालमा ऋणमा डुबेका नेपालीहरूको ऋणमोचन गरी नेपाल संवत स्थापना गर्नुभएको थियो । नेपाल संवत मल्लकालमा ब्यापक प्रयोग भए पनि राणाकालमा यस सम्बतलाई विस्थापन गर्न भारतका विक्रमाद्वित्यले स्थापना गरेको विक्रम संवतलाई प्रचलनमा ल्यायो । उक्त कदमप्रति चित्त बुझाउन नसेकेर त्यसताका अग्रजहरूले राणाकालमा पनि नेपाल संवतलाई प्रतिस्थापन गर्न आन्दोलन गर्नुभएको थियो । यस आन्दोलन विशेष गरी उपत्यकामा केन्द्रित भएकोले यसको नेतृत्व नेवारहरूले नै गरे । नेपालमा राणा विरोधी आन्दोलन २००७ सालमा सफल भई प्रजातन्त्र आयो । तर नेपाल संवतलाई अंगिकार गर्ने सवालमा राजनीतिक नेतृत्वले चासो
दिनुभएन । २०१७ सालमा राजा महेन्द्रले पञ्चायत ब्यवस्था लागू गरेपछि राजनीतिक, भाषिक, सामाजिक, सांस्कृतिक आन्दोलनलाई ब्यापक दमन शुरु भयो । दमनको विरोधमा पद्मरत्न तुलाधरलगायतका नेताहरूले नेपाल
संवतको नया“ वर्ष शुरु हुने कछलाथ्व पारुका दिन नया“ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न नेपाल संवत ११०० मा सार्वजनिक रुपमा ‘भिन्तुना’ जुलुसको आयोजना गर्ने ऐतिहासिक निर्णय नेपालभाषा मंकाः खलः
काठमाडौबाट घोषणा गरियो । त्यस बेला खलःका अध्यक्ष पद्मरत्न त्ुलाधर नै हुनुहुन्थ्यो । नेपाल संवतका सांगठनिक आन्दोलनको शुरुवात सोही दिनदेखि शुरु भयो र आन्दोलनको नेतृत्व पनि पद्मरत्नले नै गर्नुभयो । नेवार समुदायको अधिकारमुखि आन्दोलनलाई सांस्कृतिकरुपबाट चेतनास्तर माथि उठाउन आह्वान गरेको शुभकामना आदानप्रदान ¥याली काठमाडौको थःहितिस्थित श्रीघः विहारबाट शुभारम्भ गरी सोही स्थानमा नै समापन गर्ने योजना बनाएको थियो । तर न्हूद“को ‘भिन्तुना’ आदानप्रदानको सांस्कृतिक जुलुसमा ब्यापकरुपमा नेवार नेता कार्यकर्ताहरूसहभागी हु“दा सोही स्थान सानो महसुस भयो । साथै नेपालभाषा मंकाः खलः काठमाडौको ‘भिन्तुना’ आदानप्रदानको प्रभाव काठमाडौंका साथै
ललितपुर, भक्तपुर, थिमिसम्म पनि विस्तार भै सांस्कृतिक अभियानको शुरुवात भयो । नेपाल संवतको नया“ वर्ष मनाउन उपत्यका तीन जिल्लामा बिभिन्न संघसंस्था, खलः पुचः र क्लब स्थापना गरी नेपाल संवतलाई राष्ट्रिय मान्यता मान्यता दिलाउन पञ्चायत सरकारलाई ब्यापक दबाब दिने कार्य भयो । पञ्चायती सरकारलाई ब्यापक दबाब महसुस भएपछि सरकारले नेपाल संवतका नाउँमा हुने सांस्कृतिक आन्दोलन र कार्यक्रममा समेत प्रतिबन्ध गर्ने प्रयास भयो । तर पटक–पटकको दमन बाबजुद पनि नेपाल संवतको आन्दोलन उपत्यका लगायत उपत्यका बाहिर विराटनगर, विरगञ्ज, पोखरा आदि स्थानमा विस्तार र सशक्त हुँदै गयो । सोही नेपाल संवतको सांगठनिक आन्दोलनको नेतृत्व पनि पद्मरत्न तुलाधरले
गर्नुभयो ।
शंखधर साख्वाः कसरी सार्वजनिक भयो?
नेपाल संवतको सांगठनिक आन्दोलनको शुरुवात ने. सं. ११०० शुरु भएपनि नेपाल संवतका प्रवर्तक को हो भन्ने चर्चा पनि शुरु भयो । नेपालमा प्रयोगमा रहेको विक्रम संवत भारतका विक्रमादित्यले स्थापना गरेको प्रचलनमा ल्याउनु भनेको राष्ट्रियतामाथिको हस्तक्षेप हो त्यसकारण नेपालमा प्रादुर्भाव भएको नेपाल संवत नै ब्यवहारमा प्रयोगमा ल्याउन सकेमा राष्ट्रियता बलियो हुने बहस शुरुभयो । सो बहस बीच नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको तथ्य बाहिर आउन थालियो । तर शंखधर साख्वाः को हुन, उनी कहा“को हो, उनको अनुहार कस्तो रह्यो भन्ने चर्चाका बीच अन्वेषक एवं इतिहासविद् भूवनलाल प्रधानले नेपाल संवत प्रवर्तक शंखधर साख्वाः नै हुनुहुन्थ्यो, उनको ऐतिहासिक शिलाको प्रतिमा
पशुपति मन्दिरको दक्षिणपट्टि रहेको छ भन्ने तथ्य प्रमाण फेला पार्नुभयो । सो प्रमाण शंखधरको प्रतिमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा पनि पद्मरत्न तुलाधर अध्यक्ष रहनुभएको नेपालभाषा मंकाः खलः काठमाडौं भित्र बहस शुरु भयो । त्यसबेला नेता तुलाधर र खलःका सचिव मल्ल के. सुन्दरबाट सांगठनिकरुपमा एउटा निर्णय गरी नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः हो र उनको प्रतिमा तस्वीर राखेर नेपाल संवतको क्यालेण्डर प्रकाशन गर्ने जिम्मेवारी ल्याय्म्ह पुचः थिमिलाई दिइयो ।ल्याय्म्ह पुचः थिमिलाई शंखधर साख्वाःको तस्वीर राखेर क्यालेण्डर प्रकाशन गर्ने जिम्मेवारी पाएपनि शंखधर साख्वाःको तस्वीर पशुपति पुगेर कसरी खिच्ने भनी थप चुनौती थपियो । नेपाल संवतका प्रवर्तक शंखधर
साख्वाः पशुपति मन्दिरको दक्षिणमा छ भनी थाहा पाएपनि फोटो खिच्ने संभावना भएन । त्यसताका सार्वजनिक रुपमा समूह–समूह भै भेला हुन पाउने प्रतिबन्धको अवस्था । तर पुचःका साथीहरूले पञ्चायती दमनको बाबजुद चुनौतीलाई सामना गरी कलाकार वत्सगोपाल बैद्यबाट शंखधर साख्वाःको तस्वीर स्केच गर्ने कार्य सम्पन्न भयो । पुलिस दमनको पनि सामना गरी शंखधर साख्वाःको स्केचलाई नेपाल संवत ११०८ (२०४५) को क्यालेण्डर मार्फत ल्याय्म्ह पुचः थिमिले सार्वजनिक ग¥यो ।
पञ्चायत ब्यवस्था परिवर्तनमा नेपाल संवत
पद्मरत्न तुलाधरले अभिब्यक्त गर्नुभएको छ कि ‘मानिसलाई आवश्यक थयार्थ, न्याय, अधिकार र स्वतन्त्रता खातिरका लागि मैले युद्धको परिचालन गरिरहेको छु।
पञ्चायतकालमा राजनीतिक पार्टी प्रतिबन्धित भएको अवस्थामा प्रतिबन्धित पार्टीको संगठन विस्तार र कार्यकर्ता परिचालन साह्रै कथिन कार्य थियो । नेपाल संवतको सांस्कृतिक अभियानले नेपालका प्रमुख राजनीतिक पार्टीहरूले ‘भिन्तुना’ आदानप्रदान मार्फत भेला हुने, संगठन विस्तार र राजनीतिक चेतनास्तर माथि उठाउने कार्य गरेका थिए । नेपाल संवतको सांस्कृतिक आन्दोलन देशभर विस्तार र विकास हुँदै आखिर पञ्चायती ब्यवस्था परिवर्तनमा समेत नेपाल संवत आन्दोलनको प्रभावले भूमिका खेल्यो । राजनीतिक दलका नेताहरूले पनि नेपाल संवतको नया“ वर्षको सांस्कृतिक जुलुस मार्फत पार्टीको सन्देश जनता सामु पु¥याउने काम भयो । अन्तत २०४६ सालमा पञ्चायती ब्यवस्था अवसान भई
बहुदलीय प्रजातन्त्र प्रार्दुभाव भयो।
नेपाल संवत अभियानमा प्रधानमन्त्री
२०४६ सालको राजनीतिक परिवर्तन पछि नेपाल संवतको सांगठनिक आन्दोलनमा नेपाल सरकार पनि क्रमबद्धरुपमा सहभागी गराउन नेता पद्मरत्नले भूमिका खेल्नुभयो । २०४६ सालमा प्रजातन्त्र आएपनि नेपाल संवतको विकास र विस्तार भै नसकेको अवस्थामा नेपाल संवतको सांठगनिक आन्दोलनका नेता तुलाधरले सरकारका प्रधानमन्त्रीलाई नेपालभाषा मंकाः खलः काठमाडौंको आह्वानमा नेपाल संवतको नया“ वर्षको अवसरमा बसन्तपुरमा आयोजना हुने सार्वजनिक कार्यक्रममा प्रमुख आतिथ्यता गराउने नीति अंगिकार गरियो । सोही नीति कै आधारमा प्रजातन्त्र पछि बनेको सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रमुख आतिथ्यको रुपमा आमन्त्रण गरी नेपाल संवतको अवसरमा ‘भिन्तुना’ आदानप्रदान गर्ने कार्य भयो ।
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट शुरु भएको यो अभियान प्रधामन्त्रीहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, मानवकुमार नेपाल, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, शुशिल कोइराला तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तरता दिइरहनु भएको छ । शुभकामना दिने परम्पराका थालनी भएपनि नेपाल संवतलाई सरकारले राष्ट्रिय मान्यता भने दिनु भएन । संयोगवश नेपाल संवत ११२० (२०५६)मा ल्याय्म्ह पुचः थिमिको १५औं स्थापना दिवसको अवसरमा प्रकाशित ‘ल्याय्म्ह’ मध्यपुर थिमि चिनारी पुस्तकको विमोचन समारोहमा पाल्नुभएका नेपाली कांगे्रसया सभापति गिरिजाप्रसाद कोइरालाले समारोहमा बोल्दै भन्नु भएको थियो– मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन पहल गर्ने छु। उहा“ले बोल्नु भएको केहि दिनमा नेपाल संवत ११२० कछलाथ्व दशमी (२०५६)मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषदले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्नुभयो ।
संकटकालमा शंखधरको प्रतिमा
त्यसताका नेपालमा २०५२ सालदेखि माओवादी द्वन्द चलिरहेको ६ वर्ष पुगेको थियो । द्वन्द बीच पनि नेपाल संवतको आन्दोलनले भने आफ्नो गति लिइरह्यो । सरकारले शंखधर साख्वाःलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरेपछि मध्यपुर थिमि गरपालिकाको बोर्ड बैठकले साख्वाःको प्रतिमा स्थापना गर्ने निर्णय गरी बजेट ब्यवस्था गरियो । उक्त निर्णयअनुसार प्रतिमा स्थापना गर्न नगरपालिकाले जनस्तरलाई जिम्मेवारी दिइयो ।जनस्तरलाई जिम्मेवारी दिइपछि नेपाल संवत ११२१ (२०५८) मा राष्ट्रिय विभूति शंखधर प्रतिमा स्थापना गर्न जग राख्ने कार्य भयो । जुन समय भनेको माओवादी द्वन्दको कारण देशमा संकटको अवस्था थियो । त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । तर पनि नेपाल संवतको आन्दोलनले द्वन्दको परवाह नगरी तीन महिना भित्र जनस्तरबाट नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा नेपाल संवत ११२२ कछलाथ्व पारु (२०५८ मंसीर) का दिन प्रधानमन्त्री शेरबहादुर देउवाले अनावरण गर्नुभयो भने शंखधर साख्वाःको प्रतिमामा माल्यार्पणको शुरुवात भयो ।
संकटकालमा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा स्थापना गर्ने कार्यमा मात्र सीमित भएन २०६० सालमा सरकारबाट राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा अंकित हुलाक टिकट पनि प्रकाशन भयो । त्यसबेला नेता तुलाधरले भन्नुभएको थियो– अब हरेक वर्ष नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको प्रतिमामा मल्र्यापण गरी नेपाल संवतको नया“ वर्ष शुभारम्भ भएको सन्देश दिनुपर्दछ । त्यस माल्र्यापण कार्यक्रमको शुरुवात भने ने.सं. ११२४ मा नेपालभाषा मंकाः खलःको अध्यक्षरुपमा तुलाधरले नै गर्नुभयो । जनस्तरबाट थिमिमा प्रतिमा स्थापना गर्न गठित प्रतिमा निर्माण समिति भने ने.सं. ११२५ (२०६२) देखि राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, थिमि भक्तपुरको नामबाट नेपाल संवत र शंखधर
साख्वाःको योगदानको बारे प्रचार प्रसार गर्ने कार्य गरि रहेका छन् । हाल यस प्रतिष्ठानका सल्लाहकारका रुपमा पद्मरत्न तुलाधर रहनुभएको छ । नेता तुलाधरले नेपाल संवत आन्दोलनको सांगठनिक नेतृत्व गर्नुभएकोले योगदानको कदर गरी ने.सं. ११३२ (२०६८) मा प्रतिष्ठानबाट ‘शंखधर सम्मान’ प्रदान गर्ने निर्णय भयो । तर उक्त सम्मान उहा“ले स्वीकार गर्नु हुन्छ या गर्नु हुन्न भने एउटा चिन्ता शुरु भयो । ‘शंखधर सम्मान’ को प्रस्ताव लिएर प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धर र म उहाँको निवासमा पुगे । २०६२÷६३ को दोस्रो जनआन्दोलन पछि गठित गणतान्त्रिक सरकारले २०६७ सालमा राष्ट्रपतिबाट प्रदान गरिने नेपालरत्न र राष्ट्र गौरब पछिको सबैभन्दा अग्रपंक्तिको मानपदवी समेत तुलाधरले बहिष्कार गर्नुभएको थियो । तर राष्ट्रपतिबाट प्रदान गरिने मानपदवी बहिष्कार गर्नुभएपनि प्रतिष्ठानको ‘शंखधर सम्मान’ भने तुलाधरले स्वीकार गर्नुभयो । सो सम्मान प्रतिष्ठानद्वारा आयोजित ने.सं. ११३२ (२०६८)मा समारोहमा प्रधानमन्त्री
डा. बाबुराम भट्टराईले प्रदान गर्नुभयो ।
नेपाल संवतलाई राष्ट्रिय मान्यता
पद्मरत्न तुलाधरले पटक–पटक भन्नुहुन्थ्यो– ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिनुपर्दछ भनी हामीले आवाज उठाएको बर्षौं भैसक्यो, सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा त गरियो तर नेपाल संवतलाई राष्ट्रिय मान्यता दिएको छैन ।’ कतिपयले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नु नै नेपाल संवतलाई मान्यता दिइको सरह हो भनी ब्याख्या गरे । नेता तुलाधर भने त्यस कुरामा सन्तुष्ट हुनुहुन्न । त्यहि क्रममा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी शासन सत्ता आफैले सम्हाले । नेपालमा माओवादी जनयुद्धसँगै राजनीतिक दलहरूले राज्य पुनसंरचना सहितको समावेशी लोकतन्त्र माग गरी दोस्रो जनआन्दोलन शुरु गरियो । २०६२÷६३ नाममा चर्चित
दोस्रो जनआन्दोलन चरम उत्कर्षमा पुगियो देशमा लामो समय कफ्र्यु जारी भयो । उक्त कफ्र्यु तोड्ने कार्यमा मानवाधिकारीवादी र नागरिक आन्दोलनका नेताका रुपमा तुलाधरले नेतृत्व गर्नुभयो । उहा“लगायत नेवाः देय् दबूका अध्यक्ष मल्ल के. सुन्दरसँगै धेरै मानवाधिकारीवादी र नागरिक अगुवाहरूलाई महाराजगञ्जबाट गिरप्mटार गरी भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरी क्याम्पमा बन्दी अवस्थामा राख्नुभयो । उपत्यकामा नेवार नेता कार्यकर्ताहरू पनि आन्दोलनमा ब्यापक सहभागिता जनाउँदै सडकमा प्रदर्शन गर्ने कार्यभयो । जेलमा नेपालभाषा मंका खलःका अध्यक्ष पद्मरत्न तुलाधर र नेवाः देय् दबू का अध्यक्ष मल्ल के सुन्दरले भेट गर्ने जिम्मेवारी नेपाल संवतका अभियन्ताको रुपमा मैले र्वाह गर्नुपर्ने भयो । त्यस बेला नेता तुलाधार र नेता मल्ल के. सुन्दरले राज्य पुनसंरचना सहितको समावेशी लोकतन्त्र सफल बनाउन जारी गर्नुभएको प ्रेस विज्ञप्ति लिएर म बाहिर आए । पत्रपत्रिकमा प्रेस विज्ञप्ति पु¥याउन गए । अन्ततः जनआन्दोलन सफल भइ लोकतन्त्र पनि आयो, अन्तरिम संविधान जारी भयो, गणतन्त्र स्थापना भयो । गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत ११२८ (२०६५) मा नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता प्राप्त भयो । यस कार्यमा पनि पद्मरत्नको भूमिका महत्वपूर्ण रह्यो ।
प्रधानमन्त्रीको लेटर पाय्डमा र पाठ्यक्रममा नेपाल संवत
गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको हैसियतबाट सार्वजनिकरुपमा प्रधानमन्त्रीको लेटर पाय्डमा नेपाल संवत प्रचलनमा ल्याउने भनी घोषणा गर्नु भएको थियो । पाठ्यक्रममा पनि समावेश गर्ने घोषणा गर्नुभयो । घोषणा कार्यान्वयन नभएपछि ब्यापकरुपमा तुलाधरले प्रधानमन्त्री कोइरालाको आलोचना गर्नुभयो । अन्तत ने.सं. ११३१ (२०६७) मा नेपाल संवत र शंखधर साख्वाःको बारेमा पाठ्यक्रममा समावेश भयो । देशका प्रधानमन्त्रीहरूले पनि नेपाल संवतको नया“ वर्षको उपलक्ष्यमा दिइने शुभकामना सन्देशमा नेपाल संवतको तिथि प्रचलन शुरु भयो । यस अभियानमा पनि पद्मरत्नको योगदान बिर्सन नसक्ने भयो । त्यसकारण नेपाल संवतको सांगठनिक आन्दोलनमा उहा“को योगदान भनेको उहा“ले
अनुभवको आधारमा ने. सं ११३२ मा लेख्नुभएको पुस्तकमा जस्तै– ‘मेरो जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो । आजसम्म म यही न्याय र सत्यताका लागि गरिरहेको युद्धमा ब्यस्त छु। यस युद्धमा अवश्य पनि म नै जितिने छ – यहि आशामा हो म बा“चिरहेको छु।’ ल
नेता तुलाधरको भीमरथारोहणको अवसरमा प्रतिष्ठानद्वारा आयोजित ‘नेपाल संवत् आन्दोलनमा पद्मरत्न’ विषयक विचार गोष्ठीमा यो लेख प्रकाशन गरिएको हो । नेता तुलाधर ने.सं. ११३८ कौलागा द्वादशी (२०७५ कार्तिक १८ गते, आइतबार) का दिन निधन भएको थियो ।
(लेखक श्रेष्ठ राष्ट्रिय विभूति शंखधर साख्वाः
प्रतिष्ठानका सचिव हुनुहुन्छ)