प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गरी नेपाल संवत् ११४२ न्हुदँ मनाइयो

बाबुकाजी श्रेष्ठ,

मध्यपुर थिमि राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा आयोतिज राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यार्पण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री, सांसद नगरप्रमुख , पार्टीका केन्द्रीय प्रतिनिधि स्थानीय राजनीतिज्ञ , समाजसेवी एवं साँस्कृतिक टोली सहित समुदायहरुको सहभागिता थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा दीप प्रज्वलन गरी नेपाल संवत् ११४२ नयाँवर्षको शुभारम्भ गर्नुभयो । नेपाल सम्वत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा आयोजित माल्यार्पण एवं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल सम्बत् हाम्रो आफ्नै मौलिक सम्वत् भएको चर्चा गर्दै नेपाल संवत् नयाँ वर्ष एवं शुभ दिपावलीको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले गरिब जनताको ऋण मोचन गरेर मानवीयता प्रदर्शन गर्ने शंखधर साख्वाले आफ्नै मुलुकको नामबाट सुरु गरेको नेपाल संवत्‌को ऐतिहासिक महत्व रहेको बताउनु भयो ।

कार्यक्रममा पूर्व उद्योग मन्त्री एवं सांसद् महेश बस्नेत बागमती प्रदेश सांसद् डा. राजेन्द्रमान श्रेष्ठ , बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेँल , मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ , पूर्व मन्त्री प्रकाश शरण महत , प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर , उपाध्यक्ष ज्ञानराम श्रेष्ठ लगायत वक्ताहरुले नेपाल संवत्‌को व्यवहारिक प्रयोगबारे धारणा राख्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा राष्ट्रिय विभूति शंखधर साख्वा शालिकमा माल्यार्पण गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र शंखधर बुलेटिन सार्वजनिक गर्नुभएको थियो र शंखधर प्रतिष्ठानका लागि आरके मानन्धरले प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलाई शंखधर साख्वाको दुई किलोको चाँदीको प्रतिमा हस्तान्तरण गर्नुभयो ।उक्त प्रतिमा संग्रहालयमा राखिने भएको छ ।

Posted by Suresh Khwaka Shrestha on Friday, November 5, 2021

 

Images :

Share this Post:

Download Our Nepal Sambat Mobile App.

Nepal Sambat Calendar is a mobile based application to help you identify and keep track of all important dates, events, and festivals that fall within Nepal Sambat year. This application has features such as daily events view, monthly calendar view, list of festivals, and date conversion between NS, BS and AD.

Image